समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकियो माओवादी बैठक

काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४  सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति