अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्ड्सको दाउ

काठमाडौँ, २३ मंसिर । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट सुरु हुने क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ । 

खेल नेपाली समयअनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुने छ । 

दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिओनल मेसीको कप्तानीमा अर्जेन्टिना विजयी भएको थियो । 

सोही हारको बदला लिने लुइस भान गाल प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको योजना छ ।  भर्जिन भान डाइकको कप्तानीमा नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ । 

यता मेसी भने पाँचौँपटक विश्वकप खेल्दैछन् । उनको यो अन्तिम विश्वकपसमेत हो । पछिल्लो समय विश्वकपमा मेसी उच्च लयमा छन् । त्यसैले पनि सबैको नजर मेस्सीमाथि हुन्छ नै । 

मेसीलाई जुलियन अल्भारेज, एन्जल डी मारिया, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर, रोड्रिगो डी पाउल जस्ता खेलाडीको साथ हुने छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board