चोलेन्द्र प्रकरण : संसद् सचिवालयको पत्रविरूद्धको रिटमा सुनुवाइ आज

काठमाडौँ, २३ मंसिर । चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निस्प्रभावी गर्ने पत्रविरूद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले दर्ता गराएको रिटको पेसी शुक्रबारका लागि तोकिएको थियो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए । उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार रिट दायर गरेको थियो ।

रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि पेसी तोकिएको हो ।

संसद् सचिवालयका महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश जबराको निलम्बन फुकुवाको पत्र पठाएलगत्तै कानुन व्यवसायीहरू त्यसको विरोध जनाइरहेका छन् । उनीहरूले विरोध कार्यक्रमलाई शुक्रबार पनि निरन्तरता दिने बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board