पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छ : प्रधानमन्त्री देउवा

धनगढी, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अब सो योजना पुरा हुनेमा आफू विस्वस्त रहेको बताएका छन् ।

बिहीबार कैलाली उद्योग वाािणज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अब पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छ, किनकि पश्चिमसेती ठग कम्पनिको हातमा परेको छै, अहिले लाइसेन्स पाएको कम्पनी काम गर्ने कम्पनी हो, काम गरेर देखाउने छ ।’

लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लाइसेन्स दिएको छ ।

सो कम्पनिमाथि आफूले भरोसा गरेको देउवाको भनाइ छ । पश्चिम सेतीसँगै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा पनि भारतले तदारुकता देखाएको बताउँदै प्रधानमन्त्री देउवाले सो आयोजना निर्माण भए सुदूरपश्चिमको आर्थिक सोरुप फेरिने बताए ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वरलगायत सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । 

उनले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए । 

देउवाले सुदूरपश्चिमको विकासका लागि रानी जमरा सिंचाइ आयोजना, चमेलिया जलविद्युत् आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाहा निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए । 

उनले सुदूरपश्चिमको मुख्य व्यपारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरणमा मद्धत पुग्ने बताए । उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको भन्दै त्यसका लागि आवश्यक पर्ने पुर्वाधार निर्माणमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न केन्द्र सरकार तयार रहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board