नेपालद्वारा स्कटल्यान्डसामु १२० रनको चुनौती

काठमाडौँ, २२ मंसिर । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डसामु जितका लागि १२० रनको चुनौती प्रस्तुत गरेको छ ।

नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे ।

त्यसैगरी, सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए । त्यस्तै आरिफ शेख एक रनमा आउट भए ।

बलिङतर्फ स्कटल्यान्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई दुई विकेट झारे । त्यस्तै, कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए । जारी सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board