कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आउँदो शनिबार १ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षासहित भावी सरकार गठनका विषयमा छलफल हुने छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board