पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ : मुख्यमन्त्री राई

विराटनगर, २२ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, “बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति हुन् । विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो । त्यसैले एकअर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो ।”

मुख्यमन्त्री राइले हामीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि संसारभरि फैलिएर रहेका नेपालीमा शुभकामना व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board