निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा

जनकपुरधाम, २२ मंसिर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दु फेला परेको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

मोतियाबिन्दुको समस्या देखिएका बिरामीको जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रिया गरिने जनाएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका–१७ का वडाध्यक्ष रामवृक्ष यादवले जानकारी दिए । शिविरमा नेत्र अधिकृत एवं प्राविधिक टोली प्रमुख रुदलप्रसाद साह नेतृत्वको चिकित्सकको टोलीले आँखा परीक्षण गरेका थिए ।

शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ लिएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति