संघीय संसद्‌का महासचिव भरतराज गौतमको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं, २१ मंसिर ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने संघीय संसद्‌का महासचिव भरतराज गौतमको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । सर्वोच्च अदालत बारले बुधबार दिउँसो रिट पेस गरेको हो । महासचिव गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए ।

उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले रिट दायर गरेको हो ।सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसद् सचिवालयका महासचिव गौतमको गैरकानुनी कदमविरुद्ध रिट दायर गरेको बताए ।

रिटमा महासचिव गौतमका साथै संसद्‌ सचिवालयलाई पनि विपक्षी बनाइएको छ । रिट दर्ताको क्रममा रहेको वरिष्ठ अधिवक्ता शाक्यले बताए ।सर्वोच्च बारका सदस्य अनन्त लुइँटेलले सार्वभौम संसद्‌को क्षेत्राधिकार रहेको विषयलाई एक कर्मचारीले निष्प्रभावी गर्न नसक्ने रिटमा दाबी गरेका छन् । उक्त सार्वभौम संसद्‌को क्षेत्राधिकार रहेको विषयलाई संसद‌्का एक कर्मचारीले निष्प्रभावी गर्न सक्दैनन्, लुइँटेलले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति