धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ । 

आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वाेच्च अदालत जबरा आउने भएपछि सर्वाेच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो । 

कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई अभियान्ता बताउने तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् । 

जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति