आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौँ, २१ मंसिर । सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । 

महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैरसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई  नियमित सरसफाइ गर्न भनेको छ । 

सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा  अन्य  प्रकृतिका  फोहोर  मैलाले सिंगो सहरको सुन्दरतामा नै ह्रास आएको महानगरपालिकाको ठहर छ । “फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो,” महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ, “फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा ऐ.नियमावली, २०७० को कानुनी व्यवस्था बमोजिम सबै  प्रकारका  सरकारी  तथा  निजी  कार्यालयहरूले  आफ्नो  परिसरको  फोहोर  मैला  ३५  दिनभित्र  आफैँ  व्यवस्थापन  गरी  सहरलाई  सफासुग्घर राख्न सहयोग गर्नुहोला ।”  

३५ दिनभित्र फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिबाना गरिने समेत चेतावनी महानगरपालिकाले दिएको छ । फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल  गरी  त्यस्ता  कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board