समानुपातिकतर्फ कुन दलले कति मत पाए ? (सूचीसहित)

काठमाडौँ, २० मंसिर । यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा समानुपातिकतर्फ ४७ दलले भाग लिएका छन् । तर, तिमध्ये अहिलेसम्म ७ पार्टीले मात्र ‘थ्रेसहोल्ड’ कटाएका छन् । समानुपातिक मतगणना सकिनै लाग्दा थप दलले थ्रेसहोल्ड कटाउन सक्ने लक्षण देखिएको छैन ।

निर्वाचन अयोगका अनुसार कुल सदर मतको ३ प्रतिशत मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ । जुन दलले थ्रेसहोल्ड पार गर्छन् तिनले मात्र मत संख्याअनुसार प्रतिनिधिसभा सदस्य राख्न पाउँछन् । तर, थ्रेसहोल्ड कटेन भने दलले पाएका मत काम लाग्दैनन् अर्थात् खेर जान्छ ।

यो खबर तयार पार्दसम्म नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड कटाएको आयोगले जनाएको छ । अहिलेसम्म बाँकी ४० दलले पाएका समानुपातिक मत खेर जाने सम्भावना देखिएको छ ।

अब बाजुरा र दोलखाको मत मात्रै गन्न बाँकी रहेको आयोगले जनाएको छ । ती दुई जिल्लामा गरी डेढ लाख आसपास मत रहेको अनुमान गरिएको छ । अहिलेसम्मको आंकडा हेर्दा थ्रेसहोल्ड छुन ३ लाख १७ देखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ ।

तर, मतगणना अन्तिम चरणमा पुगिसक्दा पनि थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना कम हुँदै गएको छ । थ्रेसहोल्ड पार गर्न नसकेका ४० दलमध्ये नेकपा (एकीकृत समाजवादी) थ्रेसहोल्ड भेट्टाउन संघर्षरत छ । उसले यो समाचार तयार पार्दासम्म २ लाख ९६ हजार ९० मत ल्याएको छ ।

कुन दलले कति समानुपातिक मत ल्याए ?

नेकपा (एमाले)– २८,१४,६५५
नेपाली कांग्रेस– २६,८८,२१९
नेकपा (माओवादी केन्द्र)– ११,६४,१०२
राष्ट्रिय स्वतन्त्र पार्टी– ११,२४,७७८
राष्ट्रिय प्रजातन्त्र पार्टी– ५,८६,८१६
जनता समाजवादी पार्टी– ४,२०,९५४
जनमत पार्टी– ३,९४?५३८
नेकपा (एकीकृत समाजवादी)– २,९६,०९०
नागरिक उन्मुक्ति पार्टी– २,७१,६७४
लोकतान्त्रिक समाजवादी पार्टी– १,६७,२९०
नेपाल मजदुर किसान पार्टी– ७५,०७९
हाम्रो नेपाली पार्टी– ५५,६३२
मंगोल नेसनल अर्गनाइजेसन– ४८,८२०
राष्ट्रिय जनमोर्चा– ४६,४०४

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति