प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । 

यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहेका छन् । बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उनीहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन् । 

सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ । 

सिंह काठमाडौँ १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौँ ९ बाट विजयी भएका हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति