बन्दुकधारीद्वारा मस्जिदमा हमला, १९ जनाको अपहरण

एजेन्सी, १९ मंसिर । बन्दुकधारीहरूले नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ ।

आक्रमणकारीहरूले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए । उनीहरुले दुई जनालाई घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

अपहरणकारीले १३ जनालाई अपहरण गरेको प्रहरीले जनाएको छ । ६ जना पादरीलाई अपहरणकारीबाट मुक्त गराएको जनाइएको छ ।

उत्तरपश्चिम र मध्य नाइजेरियालाई स्थानीय रूपमा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहहरूले आतंकित बनाएका छन् । उनीहरुले गाउँमा छापा मारेर गाईवस्तुहरू चोर्छन् र  फिरौतीको लागि अपहरण गर्छन् । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति