दोलखामा फेरि एमालेका शिवाकोटी ३० मतले अगाडि

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की र नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

आइतबार बिहानसम्म शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए । आज बिहान फेरि एमालेका शिवकोटीले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शिवकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९ मत आएको छ । एमालेका शिवाकोटी ३० मतले अगाडि छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति