माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दै छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ । 

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आवद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ । 

सोही क्रममा आइतबार बस्न लागेको बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।  

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board