बाजुरामा कांग्रेसका पाण्डे निर्वाचित

बाजुरा, १८ मंसिर । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार ४३७ मतले पराजित गरेका हुन् ।

राष्ट्रियसभाका पूर्वसांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन् । उनी विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य थिए ।

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board