इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय दिइने

एजेन्सी, १८ मंसिर । इन्डोनेसियाको संसद्ले यही महिना एउटा नयाँ फौजदारी कानुन पारित गर्ने अनुमान गरिएको छ, जसअनुसार विवाहइतर सम्बन्ध राख्नेलाई कडा सजायको व्यवस्था हुने छ । कानुन पारित भएमा विवाहइतहर यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म कैदको सजाय दिइने जनाइएको छ ।

मस्यौदा बनाउने कार्यमा संलग्न राजनीतिज्ञ बाम्बाङ वुरियान्टोले विद्येयक अर्को सातासम्ममा संसदबाट पारित हुने बताए । पारित भएमा कानुन इन्डोनेसियाली नागरिक र विदेशीलाई समान रुपमा लागु हुने छ ।

विवाहितहरूका लागि उजुरी दर्ता गर्ने अधिकार पीडितका पति वा पत्नीलाई हुने छ । कानुनले अविवाहित व्यक्तिका आमाबाबुले उनीहरूलाई यौन सम्बन्धको बारेमा रिपोर्ट गर्न अनुमति दिन्छ । नयाँ कानुनले विवाहपूर्वको सम्बनधमा पनि प्रतिबन्ध लगाउने र दोषीलाई ६ महिनाको जेल सजाय तोक्ने व्यवस्था गरेको जनाइएको छ । 

मुस्लिमहरुको बाहुल्यता रहेको इन्डोनेसियामा यसअघि विवाहइतर सम्बन्ध राख्ने व्यक्तिलाई सार्वजनिक रुपमा ढुंगाले हिर्काउनेदेखि कोर्राले हान्ने गरिएका विवरण सार्वजनिक भएका थिए । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board