बाजुरा १ (ख)बाट कांग्रेसका शाही विजयी

बाजुरा, १८ मंसिर । बाजुरा क्षेत्र नम्बर १ (ख)बाट नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाहीले २० हजार ११९ मत पाप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए । शाहीले थापालाई २ हजार ५९८ मतान्तरले पछि पारेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत ल्याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति