एमाले नेता बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

काठमाडौँ, १८ मंसिर । नेकपा (एमाले) तथा काभ्रेबाट निर्वाचित सांसद गोकुलप्रसाद बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो । घरको कम्पाउन्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफ्नै घरमा रहेका छन् । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद वस्तु देखिएपछि खबर गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति