एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौँ, १७ मंसिर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए । भेटमा निर्वाचनको समीक्षासमेत भएको बताइएको छ ।

यसका साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने  गरी सकरात्मक छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति