समानुपातिक मत १ करोड ४ लाख गनिसकियो, कुन दलले कति पाए ?

काठमाडौँ, १७ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ ।

शनिबार बिहान साढे ९ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ । जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा नेकपा (माओवादी केन्द्र)ले अग्रता बनाएको छ ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । पछिल्लो परिणामअनुसार गणना भएको १ करोड ४ लाख ३ हजार ९४२ सदर मतमा एमालेले २७ लाख ८३ हजार ८५ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले २६ लाख ५२ हजार २९३ मत ल्याएको छ ।

माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीले ११ लाख ६१ हजार ८७८ मत पाएको छ । यस्तै, ११ लाख २२ हजार ९६६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५१ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी ४ लाख २० हजार ९४२ मत पाउँदै छैटौँ स्थानमा छ ।

जनमत पार्टी ३ लाख ९४ हजार ३८४ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार ९३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदा नवौँ र लोकतान्त्रिक समाजवादी पार्टी १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ ।

अहिलेसम्म कुन दलले कति मत पाए ?
नेकपा (एमाले)
२७ ,८३,०८५
नेपाली कांग्रेस
२६,५२,२९३
नेकपा (माओवादी केन्द्र)
११,६१,८७८
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२२,९६६
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,२५१
जनता समाजवादी पार्टी (जसपा)
४,२०,९४२
जनमत पार्टी
३,९४,३८४
नेकपा (एकीकृत समाजवादी)
२,९४,०९३
नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी
१,६७,२७९

यसबाहेक अन्य दलले भने १ लाखभन्दा तल मत ल्याएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board