कमल थापाको राप्रपा नेपाललाई समानुपातिकमा ३३९१ मत

काठमाडौँ, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि पार्टी फुटाएका कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले समानुपातिकतर्फ ३ हजार ३९१ मत मात्रै पाएको छ ।

एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका थापा स्वयं पनि निर्वाचनमा पराजित भएका छन् ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने आम निर्वाचनमा छलाङ मारेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा ५ लाख ८५ हजार ९२१ मतसहित राष्ट्रिय पार्टी बन्न सफल भएको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board