बाजुरामा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि गणना स्थगित

काठमाडौँ, १६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको पाइएपछि मतगणना स्थगित भएको हो ।

पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका बद्री पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् भने उनका निकटमत् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याइरहेका छन् । पाण्डे र थापाबीच १ हजार २६९ मतको मतान्तर रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board