दोलखामा माओवादीका कार्कीको अग्रता

काठमाडौँ, १६ मंसिर । दोलखाको मतगणना जारी छ । बिहीबार रातिदेखि सुरू भएको त्यहाँको मतगणनामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले सुरूवाती अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार अहिलेसम्म ३ हजार ६४३ मतगणना भएको छ । जसमध्ये गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका कार्कीले २ हजार ३३९ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ९३२ मत प्राप्त गरेको श्रेष्ठले जानकारी दिए । उनीहरूबीचको १ हजार ४०७ मतको अन्तर छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार जगदीश खरेलले ११८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति