दोलखामा आज ९ बजेदेखि मतगणना सुरू हुने

दोलखा, १५ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिदेखि प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिए ।

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गंगा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

दोलखाको १० मतदान केन्द्रमा आज पुनःमतदान भएको थियो । शान्ति पूर्णरूपमा मतदान भएको र ५० प्रतिशत मत खसेको मतदान अधिकृत श्रेष्ठले जानकारी दिए । उक्त जिल्लाको बाँकी स्थानमा यही मंसिर ४ गते मतदान सम्पन्न भएको थियो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board