गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : मन्त्री चौधरी

काठमाडौँ, १५ मंसिर । सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए ।

“सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ । पाँचदलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुंगो लगाउँछौँ,” उनले भने ।

नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका मन्त्री चौधरीले पाँच वर्षसम्म यही गठबन्धनको सरकार बन्ने जिकिर गरे । अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उनको दाबी छ ।

मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि बताए । अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै मन्त्री चौधरीले भने, “अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्यो बाहेक अरू खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन ।”

मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताए । आफ्नो दलले चुनावमा हासिल गरेको सिट संख्या अपेक्षित नभए पनि तुलनात्मकरूपमा सन्तोषजनक रहेको उनको भनाइ छ ।

उनले काठमाडौँ उपत्यकाभित्र देखिएकाले सुकुमबासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौँको सुकुमबासी समस्या हल गरिने जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board