गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ, १५ मंसिर । गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

आज दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए ।

नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति