प्रचण्डले भने– गठबन्धनकै सरकार बन्छ

काठमाडौँ, १५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै सरकार बन्ने र त्यसका लागि स्पष्ट बहुमत पुगिसकेको बताएका छन् ।

पूर्वसभामुख, सिन्धुपाल्चोकका प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित जनप्रतिनिधि र परिवारसहित सुकुटे रिसोर्ट पुगेका प्रचण्डले यही गठबन्धनकै सरकार बन्ने बताएका हुन् ।

थुनामा रहेका रेशम चौधरीलाई प्रचण्डले सोमबार र माधव नेपालले मंगलबार डिल्लीबजार सदर खोरमै पुगेर भेटेका थिए । शक्ति बाँडफाँडका विषयमा समानुपातिक तर्फको अन्तिम परिणाम आएपछि प्याकेजमै छलफल हुने प्रचण्डले बताए ।

“शक्ति बाँडफाँडको विषयमा सबै चुनावी परिणाम आएपछि मात्र छलफल हुन्छ,” उनले भने, “यसबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति