रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

एजेन्सी, १५ मंसिर । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । 

दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ । 

बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ ।  खेरसन र खार्किभबाट पछि हटेको हताश रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धि प्राप्त गरेको छ ।

रुसी भाडाका सैनिकहरु र  भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति