फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी रंगशालामा आज भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले गरेको एक गोल नै ट्युनिसियाका लागि निर्णायक गोल सावित भयो । यस जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।

त्यसैगरी, कतारको अल जुनब रंगशालामा आजै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हराउँदै नअकाउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा गरेको एक गोल अष्ट्रेलियाको लागि निर्णायक गोल सावित भयो ।

समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया नकाउट चरणमा पुगे । दुवै टोलीले तीन खेलमा दुई जित र एक हारसहित छ अंक जोड्यो । फ्रान्स गोलअन्तरमा अघि रहेर समूह विजेता बन्यो भने अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।

त्यसैगरी, ट्युनिसिया तीन खेलमा चार अंक जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रहयो । डेनमार्क एक अंकसहित पुछारमा रह्यो । विश्वकपमा समूह ‘डी’ बाट ट्युनिसिया र डेनमार्क प्रतियोगिताबाट बाहिरिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board