दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुने

काठमाडौँ, १५ मंसिर । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । 

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।

आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।

कहाँ कहाँ हुँदै छ मतदान ?
वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’, वैतेश्वर गाउँपालिका–३ कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board