सुकुमबासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाका सुकुमबासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुुकुमबासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि  भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् ।

उनीहरुको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ । मेरो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुमबासी र न्यून आय भएका नागरिकको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गरून् ।  मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ ।’
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति