रासफोर्ड चम्कँदा इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौँ, १४ मंसिर । मार्कुस रासफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ । 

मंगलबार राति प्राप्त जितसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । यसै समूहबाट अमेरिका उपविजेता बन्यो । 

इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस रासफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५०औँ मिनेटमा रासफोर्डले फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । 

५२औँ मिनेटमा कप्तान ह्यारी केनको पासमा उपलब्ध सदुपयोग गर्दै फोडेनले गोल गरे । ६८औँ मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति