प्राधिकरणले भन्यो– ३५ दिनभित्र खोला किनारका बस्ती खाली गराउनु

काठमाडौँ, १४ मंसिर । काठमाडौँ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

निर्देशन कार्यान्वयन नगरे उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाइ सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले जनाएको छ ।

“उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तारमार्फत् काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणको स्थापना भएको हो,” सूचनामा उल्लेख छ । उक्त मापदण्डको कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम अगाडि बढ्ने पनि प्राधिकरणले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारका सुकुमबासी बस्ती हटाएको थियो । बस्ती खाली गराउन पुगेको महानगरीय प्रहरीलाई सुकुमबासीले प्रतिकार गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति