शिखर इन्स्योरेन्सले २५३५ जनाको कोरोना बीमाको दाबी भुक्तानी गर्ने

काठमाडौँ, १३ मंसिर । शिखर इन्स्योरेन्सले मंगलबारबाट दुई हजार पाँच सय ३५ जनाको कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ ।

कुल दाबीमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखिएको कम्पनीले जानकारी दिएको छ । 

राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बीमा शुल्क तिरेर कोरोना भाइरस बीमा गर्नेहरूलाई दोस्रो प्राथमिकतामा राखेको छ ।

कोभिड बीमालेख अन्तर्गत दाबी गरि भुक्तानी पाउन बाँकी पाँच हजार २० जना रहेको कम्पनीले जानकारी दिएको छ । जसमा एकल र पारिवारिक बीमालेख दाबीकर्ताहरू छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति