कृत्रिम सूर्यको महत्वपूर्ण काम सम्पन्न : चीन

एजेन्सी, १२ मंसिर । चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आइटिइआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ । आइटिइआर संसारकै सबैभन्दा ठुलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ । 

आइटिइआर फ्रान्सस्थित विशाल अन्तर्राष्ट्रिय आणविक परियोजना हो । बेलायत, स्विट्जरल्यान्ड, भारत, जापान, कोरिय, अमेरिका, चीन, रुस र २७ युरोपेली  राष्ट्रहरूसहित ३५ देशहरूको अन्तर्राष्ट्रिय सहकार्यमा परियोजना निर्माण भइरहेको छ । 

निर्माण लागतको ४५ प्रतिशत रकम युरोपले जुटाएको छ भने बाँकी प्रत्येक देशले करिब ९ प्रतिशत जुटाएका छन् ।

२२ अर्ब डलरको यो परियोजना सन् २०२५ मा सञ्चालन सुरु हुने अनुमान गरिएको छ ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board