राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी

मध्यबिन्दु, १२ मंसिर । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले)को नेतृत्व पंक्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।

त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् ।

नेता त्रिपाठीले आइतबार परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति