अमेरिकामा हुवावे र जेडटिईले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध

एजेन्सी, ११ मंसिर । अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटिई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

नियामकले दुई कम्पनीहरूले ‘अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले जनाएको छ । पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उसले जनाएको छ ।

एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले भनिन्, ‘ एफसीसी अविश्वसनीय सञ्चार उपकरणहरू हाम्रो सिमानाभित्र प्रयोगको लागि अधिकृत छैन भनी सुनिश्चित गरेर हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ र हामी त्यो काम जारी राख्छौँ ।’

उनले अगाडि थपिन्, ‘यी नयाँ नियमहरू अमेरिकी जनतालाई दूरसञ्चारसम्बन्धी राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउनको लागि हाम्रो चलिरहेको कार्यहरूको महत्त्वपूर्ण भाग हो । ’
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board