मोटरसाइकल दुर्घटना एकको मृत्यु

तेह्रथुम, ११ मंसिर । तेह्रथुमको म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

को२१प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका–२ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान लैलाने क्रममा बाटोमै मृत्यु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति