घनश्याम भुसाललाई हराउँदै छविलाल विश्वकर्मा विजयी

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले)का पूर्वनेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–१ बाट पराजित भएका छन् ।

स्वतन्त्त उम्मेदवारी दिएर सत्ता गठबन्धनको समर्थन पाएका भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले हराएका हुन् ।

 विश्वकर्मा २४ हजार ८७२ मतसहित विजयी हुँदा भुसालले २१ हजार ३०८ मत पाए । एमालेका तत्कालीन स्थायी कमिटी सदस्य भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए ।

उनी ०७४ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board