तेह्रथुम–१ मा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम, १० मंसिर । तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् । उनीहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।

तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए । मञ्चका विष्णुकुमार चोङवाङ ७२३ मत प्राप्त गरी तेस्रो भए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति