सर्लाही–३मा हरिप्रसाद उप्रेती विजयी

काठमाडौं, ९ मंसिर । सर्लाही–३ मा नेकपा एमाले विजयी भएको छ । एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई हराउँदै उनी विजयी भएका हुन् ।

उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत पाए । जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ र राष्ट्रिय स्वतन्त्र पार्टीका पञ्चकुमार सिन्तानले ३ हजार ५६६ मत मात्रै ल्याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति