कालीकोटमा माओवादी केन्द्रका शाहीको अग्रता कायमै

मान्म, ९ मंसिर । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको कालीकोटमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता कायमै राखेका छन् । शाहीले नेकपा (एमाले) का उम्मेदवार नगेन्द्र शाहीलाई तीन हजार ५४७ मतले पछाडि पारेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार महेन्द्रबहादुरले १५ हजार ८२ मत प्राप्त गरेका छन् भने एमालेका नगेन्द्रले ११ हजार ५३५ मत प्राप्त गरेका छन् । कालीकोटमा ४६ हजार ६६९ मत खसेको थियो । हालसम्म ३१ हजार ६८७ मत गणना सकिएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर बुढाले एक हजार १८८, नेमकिपाका खड्गराज शाहीले ९९३, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले ४५, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार काशीचन्द्र बरालले ५२१ र स्वतन्त्र उम्मेदवार धनप्रसाद पाण्डेले ५३ मत पाएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।

गणना भएकामध्ये एक हजार ३२३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति