जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

झापा, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताए ।

उनले जनतालाई धोका नदिने र विश्वासघात नगर्ने प्रतिबद्धता जनाए । “जनताले विश्वास गरेर मलाई विजय गराउनुभएको छ”, उनले भने, “म उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूको भरोसामाथि तुसारापात गर्ने छैन ।”

अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र गर्न नदिनेसमेत दोहोर्‍याए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board