चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

चितवन, ७ मंसिर । चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएको चितवन १ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए ।

सो क्षेत्रमा सत्तारूढ गठबन्धनले उम्मेदवार बनाएको नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे ।

३८ वर्षीय युवक हरि ढकालले एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे र अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेललाई भारी मतान्तरले पराजित गरेका छन् ।पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वनचनमा चितवन १ बाटै विजयी भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board