झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

काठमाडौं, ८ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा  विजयी हासिल गरिसकेकाे छ ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board