प्रदेशसभामा कांग्रेसका खगेनसिं विजयी

ताप्लेजुङ, ८ मंसिर । ताप्लेजुङको प्रदेशसभा क्षेत्र (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका खगेनसिं हांगाम विजयी भएका छन् ।

नेकपा (एमाले)का गोपाल थोप्रालाई एक हजार २४८ को मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

यहाँ खसेको कुल २१ हजार ८०७ मतमध्ये हांगामले १० हजार ४९६ मत प्राप्त गरेका छन् भने थोप्राले नौ हजार दुई सय ४८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए ।

यता प्रदेशसभा क्षेत्र ‘१’ को मतगणना जारी छ । यहाँ एमालेका तिलकुमार मेन्याङ्बो झण्डै एक हजारको मतान्तरले अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का खेमबहादुर वनेम छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति