प्रकाश रावल पुनः निर्वाचित

बेदकोट, ८ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभामा निर्वाचित भएका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट रावल प्रदेशसभा सदस्य चुनिएका हुन् । नेकपा (एकीकृत समाजवादी)का रावल आठ हजार ७१८ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए ।

उनका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले छ हजार ८५८ मत ल्याए । नेकपा (माओवादी केन्द्र)का टेकेन्द्रप्रसाद भट्टले छ हजार १९५ मत ल्याए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board