कालीकोट, ८ मंसिर । कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा (माओवादी केन्द्र)का दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।
रावतले नौ हजार ११ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार ९५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।
प्रदेशसभा ‘१’ मा ३५ हजार ३५१ मतदातामध्ये १९ हजार ९३१ मत खसेको जिल्ला मुुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार ९५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेको लम्सालको भनाइ छ ।
नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार १७२ ल्याएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।
प्रतिक्रिया